३ चैत्र २०८२, मंगलवार
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले रन्जन कोइरालाको मुद्दा फैसलामा प्रायश्चित गरेको बताएका छन् ।
आफूले यो मुद्दामा विवेक प्रयोग गरेको भन्दै उनले यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने बताए । ‘त्यसमा गल्ती भयो विवेक प्रयोग गर्दा भने जनता समक्ष क्षमा चाहन्छु, मलाई प्रायश्चित भएको छ,’ महाअभियोग सिफारिस समितिमा आज तेस्रो दिनको बयानमा जबराले भने ।


रन्जन कोइरालालाई कम सजाय गरियो भन्नु शतप्रतिशत गलत भएको उनी बताउँछन् । कर्तव्य ज्यान गरेको भन्ने नै सदर गरेको भन्दै उनले भने, ‘जन्मकैद मुलुकी व्यवस्था अनुसार सजायमा विवेक प्रयोग गर्ने अधिकारको प्रयोग भएको हो ।’ पारिवारिक कुरा र नाबालक छोरा भएको र बच्चाहरुलाई ख्याल गरेर २० वर्ष कैद सजाय भएकोमा ८ वर्ष ६ महिना बसिसकेको अवस्थामा दुई जना बच्चाको लागि न्यायाधीशले विवेक प्रयोग गरेको उनको भनाइ छ ।