वानेश्वरको बिजुली पोलमा आगलागी

होमल्याण्ड खबर

२०७९ भाद्र २१ गते, मंगलवार १०:३० मा प्रकाशित

नयाँ बानेश्वरमा बिजुलीको पोलमा आगलागी भएको छ । आज बिहान ८:२० बजे बिजुलीको पोलमा रहेका तारमा आगलागी भएको हो । स्थानीयले आगो नियन्त्रणमा लिन नसकेपछि काठमाडौं महानगरको दमकल बोलाइएको थियो । केही समय अगाडि दमकल पुगेसँगै आगो नियन्त्रणमा लिएको छ ।