१०० सिट दाबी गरेको कांग्रेस ८० सिटको वरिपरि मान्छ : प्रचण्ड

होमल्याण्ड खबर

२०७९ भाद्र २१ गते, मंगलवार ११:०५ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले ८० सिटको वरिपरि लिएर अरू दलले पनि बाँकी सिटमा भागबण्डा गर्ने बताएका छन् । मंगलबार धनगढी पुगेका प्रचण्डले प्रतिनिधि सभाको सिट संख्या र निर्वाचन क्षेत्र बुधबार टुंगिने बताएका छन्।

‘सय सिट दाबी गरेको कांग्रेस ८० वरिपरि मान्लाजस्तो छ र हामीले पनि ६० सिट दाबी गरेका हौं। त्यसैको वरिपरि सहमति गर्नेतर्फ उन्मुख छ। एकीकृत समाजवादीले २५ र जनता समाजवादीले २५ मागिरहेका छन्। यी सबै विषयमा बुधबार शीर्ष नेताहरू बसेर टुंग्याउँछौं,’ उनले भने। उनले आज सुदुरपश्चिमका नेता कार्यकताहरुसँग भेट हुने बताए ।
अहिलेसम्म सबै मिल्ने नजिक नजिक पुगेको बताए । सत्ता गठबन्धनले प्रभावकारी तालमेल गरेरै निर्वाचनमा जाने उनले बताए। आफ्नो नाम विभिन्न क्षेत्रबाट सिफारिस भए पनि चितवन क्षेत्र नम्बर ३ बाटै उठ्ने उनले बताए। निर्वाचनपछि बन्ने नयाँ सरकारले मुलकुलाई नयाँ गतिमा अघि बढाउने उनको भनाइ छ। संघिय पाँच वर्षको सरकारमा जनताहरु सन्तुष्ट नरहेको उनले बताए ।