सन्दीपले गुहारे क्यान, कानुनी उपचारका लागि सहयोग गर्न आग्रह

होमल्याण्ड खबर

२०७९ भाद्र २३ गते, बिहीबार १०:२८ मा प्रकाशित

एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् । सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द बुधबार बेलुका काठमाडौं आइपुगेपछि क्यानका पदाधिकारीबीच छलफल भएको थियो । प्रहारीले यस विषयमा छानबिन गरिरहेकोले क्यानले अहिले सन्दीपमाथि कुनै एक्सन लिने भन्दा पनि छानबिनमा सहयोग गर्ने मल्ले बताए ।

यस्तै सन्दीप सीपीएलको खेलेर खेलेर मात्र फर्कने भएका छन् । बुधबार राति भएको जमैका तल्लावाजको खेलमा भने सन्दीपले खेल्न पाएनन् ।