२९ बैशाख २०८३, मंगलवार
नेपाली हिन्दुहरूको महान पर्वहरू नजिकिएसँगै सार्वजनिक सवारी साधनलाई देशभर रुट पर्मिट खुला हुने भएको छ । दसैँमा यात्रुको चाप हुने स्थानमा सवारी साधनको व्यवस्थापन सहज गराउन यातायात व्यवस्था विभागमा बसेको बैठकले रुट पर्मिट हटाउने निर्णय गरेको हो ।
भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीच बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । दसैँको घटस्थापना दिनदेखि पूर्णिमाका दिनसम्म सार्वजनिक सवारी साधनलाई देशभर सञ्चालन गर्न रुट पर्मिट आवश्यक नपर्ने भएको हो ।


कोभिड १९ को जोखिम यथावत भएका कारण दसैंका यात्रुलाई यातायात व्यवसायीले मास्कको सुविधा दिनु पर्ने छ ।
