३ चैत्र २०८२, मंगलवार
नेपाली कांग्रेसको मधेश प्रदेश कार्य समितिले आसन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ ।
मधेस प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये कांग्रेसको जनधार बढी रहेकाले ६० प्रतिशत सिट आफुहरुले नै पाउनुपर्ने निर्णय प्रदेश समितिको बिहीबार भएको बैठकले निर्णय गरिएको मधेस प्रदेश प्रचार प्रसार समिति प्रमुख नितेश गुप्ताले जानकारी दिए ।


बैठकले जिल्लाबाट सिफारिस भएर आएका सबै उम्मेदवारको नाम र सिफारिसमा नपरेका र प्रदेश कार्यालयमा निवेदन दिएको आकांक्षी उमेदवारहरुको नाम रायसहित केन्द्रमा पठाउने निर्णय भएको गुप्ताले बताए ।
आवश्यकता अनुसार प्रचारप्रसार समिति गठन गर्ने , केन्द्रद्वारा तर्जुमा गरिने घोषणा पत्रमा मधेसको आर्थिक सामाजिक रुपान्तरणको लागि मुद्दाहरु समावेश गराइने बैठकबाट निर्णय भएको छ।
बैठकले स्वर्गीय नेता प्रदिप गिरीको निधन प्रति दुस्ख व्यक्त गर्दै,शोक प्रस्ताव पारित समेत गरिएको थियोे ।