कोटेश्वरमा तेस्रोपटक चल्यो महानगरको डोजर

होमल्याण्ड खबर

२०७९ भाद्र २६ गते, आईतवार १५:४५ मा प्रकाशित

काठमाडौँ महानगरले तीनकुने कोटेश्वर खण्डका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । फुटपाथ हटाउन महानगरले पटक पटक आग्रह गर्दै आएको थियो ।

अघिल्लो हप्ता पनि कोटेश्वर क्षेत्रमा महानगरले डोजर चलाएको थियो । सोही क्रममा अन्य स्थानको फुटपाथ महानगरले खाली गर्न भन्दै आएको थियो ।

नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार महानगरभरि रहेका अनधिकृत संरचना हटाउने अभियानको निरन्तरता दिँदै काम भएको हो । महानगरले कोटेश्वर क्षेत्रमा महिनामै तेस्रोपटक डोजर चलाएको हो ।