महानगरको डोजर चल्याे माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि

होमल्याण्ड खबर

२०७९ भाद्र २७ गते, सोमबार १३:३२ मा प्रकाशित

काठमाडौं महानगरपालिका-१६, बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको छ । गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा महानगरले डोजर चलाएको छ ।
महानगरभित्र निर्माण भएका अनधिकृत संरचनाबारे महानगरको टोलीले दैनिक अनुगमन गरिरहेको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

यसअघि सुनधारास्थित काठमाडौं मल, पशुपति, न्युरोडस्थित आरबी कम्प्लेक्स, सुरज आर्केड, तीनकुने, कोटेश्वर, जडिबुटी शान्तिनगर, नयाँ बसपार्क, मित्रनगर, बनस्थली, असन–इन्द्रचोक–न्युरोड, गौशला क्षेत्रका अवैध संरचनामा महानगरको डोजर चलेको थियो ।