नेप्सेमा १३ अंकको गिरावट

होमल्याण्ड खबर

२०७९ भाद्र २७ गते, सोमबार १५:४४ मा प्रकाशित

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निरन्तर गिरावट आउन थालेको छ । अघिल्लो साता ३० अंकले घटेको नेप्से परिसूचक पछिल्लो समय निरन्तर घटिरहेको छ ।

आइतबार ११ अंकले घटेको नेप्से परिसूचक आज १३ अंकले घटेको हो ।

पछिल्लो समय निरन्तर घटिरहेको नेप्सेमा कारोबार रकममा समेत संकुचन आउन थालेको छ । हिजो आइतबार ११ अंकले घट्दा जम्मा ७४ करोड रुपैयाँको कारोबार भएको नेप्सेमा आज ८३ करोड रुपैयाँको कारोबार भएको छ । यसक्रममा २६ लाख १३ हजार कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड समूहमा भने सुधार आएको छ । यसबाहेक १२ वटा समूह राताम्मे बनेका छन् । जीवन बीमा समूहमा ५२ अंकको गिरावट आउँदा निर्जीवन बीमा समूहमा ४६ अंकको गिरावट आएको छ ।

सेयर बजार घटेपनि आज नबिल बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको ४ करोड ७ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस्तै, सनराइज फस्ट म्युचुअल फण्डको ३ लाख ८४ हजार कित्ता सेयर किनबेच भएको छ ।