३ चैत्र २०८२, मंगलवार
चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चानसु नेतृत्वको टोली चारदिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका ली चानसुलाई सभामुख अग्निप्रसाद सापकोटाले स्वागत गरेका थिए। ली चानसु नेतृत्वको टोली सिधै सोल्टी होटल जानेछन्। चिनियाँ दूतावासले उनीहरुका लागि चार दिनको लागि होटल बुक गरेका छन्।
केहीबेरको आरामपछि ली चानसु नेतृत्वको टोली बानेश्वरस्थित संसद भवन आउने कार्यक्रम छ। सभामुख अग्नि प्रसाद सापकोटाले उनीहरुलाई स्वागत गर्ने कार्यक्रम छ। उनीहरुबीच हुने छलफलमा द्विपक्षीय सम्झौता हुने बताइएको छ।


ली चानसुले भोलि मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेटवार्ता गर्नेछन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग भने ली चानसुले बुधबार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।