३ चैत्र २०८२, मंगलवार
चार दिने नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुबीच र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलबार बिहान भेटवार्ता भएको छ । भेटमा नेकपा एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागी छ।
सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले आजै बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटवार्ता गरेका थिए। लीले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यतालिका रहेको छ । राजधानीमा ली को भ्रमणका कारण सडकमा यातायात प्रभावित भएको छ। ट्राफिक प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिसकेको छ।

