चिनियाँ जनकंग्रेसका अध्यक्ष ली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

होमल्याण्ड खबर

२०७९ भाद्र २८ गते, मंगलवार १३:१८ मा प्रकाशित

चार दिने नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुबीच र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ।

नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलबार बिहान भेटवार्ता भएको छ । भेटमा नेकपा माअ‍ोवादीका तर्फबाट पम्पा भुसाल, देव गुरुङ, नारायणकाजी श्रेष्ठलगायत नेताको सहभागी छ । सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले आजै बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटवार्ता गरेका थिए। लीले प्रचण्ड भेट्नअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । भने आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यतालिका रहेको छ । राजधानीमा ली को भ्रमणका कारण सडकमा यातायात प्रभावित भएको छ। ट्राफिक प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिसकेको छ।