चोलेन्द्रले बयानमा मुछेका पूर्वन्यायाधीश, नेता र कानुन व्यवसायीसँग समितिले बुधबार बयान लिने

होमल्याण्ड खबर

२०७९ भाद्र २८ गते, मंगलवार १४:०६ मा प्रकाशित

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्वन्यायाधीशहरु र नेपाल बारका पदाधिकारी तथा सदस्यहरुसँग प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले बयान लिने भएको छ ।
जबरासँगको बयान आज सकिएपछि उनले विभिन्न प्रश्नको जवाफ दिने क्रममा मुछेका पूर्वन्यायाधीश र बारका पदाधिकारी तथा सदस्यहरुसँग पनि बयान लिन लागेको छ।

समिति सदस्य मीन विश्वकर्माले जबराले टिकाटिप्पणी गरेका सबै व्यक्तिसँग बुधबार बयान लिन लागिएको बताए।
विश्वकर्माले भने ‘राणाले महाअभियोगको बयानका क्रममा मुछेका व्यक्तिहरुलाई सोधिने छ,तर, समय निकै कम भएको हुँदा राणाको जस्तो ५–६ पटक बोलाएर सुनुवाइ गरिने छैन ।’
जबराले आफूमाथि लागेका आरोपबारे समितिमा जवाफ दिनेक्रममा बहालवाला तथा पूर्वन्यायाधीशहरु, राजनीतिक दलका नेताहरु तथा नेपाल बार एसोसिएसनका पदाधिकारी तथा सदस्यहरुमाथि टिकाटिप्पणी गरेका थिए ।