समानुपातिक उम्मेदवार सूची तयार गर्न कांग्रेस संसदीय बोर्डको बैठक बस्दै

होमल्याण्ड खबर

२०७९ आश्विन २ गते, आईतवार १०:२५ मा प्रकाशित

नेपाली कांग्रेसले सातै प्रदेश कार्यसमितिको पदाधिकारीबीच छलफल राखेको छ।
आज बिहान बालुवाटारमा सातै प्रदेशका सभापतिसहित पदाधिकारीहरूको समानुपातिकतर्फ उम्मेदवार छनौटका विषय छलफल अनौपचारिक रूपमा छलफल गर्न लागेको एक पदाधिकारीले बताए ।
प्रदेशहरूबाट प्रदेशतर्फ समानुपातिक सूची तयार पार्ने र आजै प्रतिनिधि सभातर्फ समानुपातिक सूची तयार गर्न केन्द्रीय संसदीय बोर्डको बैठक बस्दैछ । (आज) आइतबार दिउँसो २ बजे बालुवाटारमा संसदीय दलको बैठक बस्नेछ। उक्त बैठकमा समानुपातिक उम्मेदवार सूची बनाउनेबारे छलफल गर्नेछ।

तर बोर्डले पूर्णता पाएको छैन। बोर्डमा पदाधिकारीसहित नेता रामचन्द्र पौडेल मात्रै छन्। त्यसकारण कांग्रेस सभापति देउवाले छलफलमा पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाउँदै आएका छन्।

कांग्रेसले २०७४ मा समानुपातिक सांसद भएकालाई यसपालि नदोहोर्‍याउने भएको छ। कांग्रेस विधानअनुसार पनि समानुपातिक सांसद फेरि लगत्तै हुने अर्को चुनावमा समानुपातिकतर्फ सांसद बन्न नपाउँने व्यवस्था छ ।
निर्वाचन आयोगमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिकतर्फ उम्मेदवार सूची बुझाउन आइतबार र सोमबार निर्वाचन आयोगले समय दिएको छ।