३ चैत्र २०८२, मंगलवार
नेकपा (माओवादी केन्द्र) ले सोमबार बिहान पदाधिकारी बैठक बसेर समानुपातिक सूची सोमबार निर्वाचन आयोगमा बुझाउँने भएको छ ।
आज (आईतबार ) पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सोमबार बिहान ९ बजे पुन बैठक बसेर समानुपातिकको लिष्ट फाईनल गर्ने भएको हो ।
आजको बैठकले प्रदेशबाट समानुपातिक उम्मेदवार संख्या धेरै आएपछि पुनः सर्ट लिष्ट बनाएर पठाउन निर्देशन दिएको छ ।
सचिव गणेश शाहले आजको बैठकले सात भौगोलिक र तीन गैर-भौगोलिकबाट समानुपातिकमा धेरै जनाको नाम केन्द्रमा आएको जसबाट छान्न गाह्रो भएको हुदाँ पुन एक पटक सबै प्रदेशलाई सर्ट लिष्ट गरेर नाम पठाउन निर्देशन दिएको जानकारी दिए ।