३ चैत्र २०८२, मंगलवार
नेपाली कांग्रेसको संसदीय समितिको बैठक जारी छ । समानुपातिक उमेदवारको सूचीलाई अन्तिम रूप दिन बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ ।
पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार आइतबारको बैठकले सिलिङको काम गरेको छ । अन्तिम सूचीलाई आजै कार्यसम्पादन समितिको बैठकबाट पारित गरेर निर्वाचन आयोगमा बुझाउने तयारी रहेको पनि उनले बताए ।