सिट बाँडफाँट टुंग्याउन गठबन्धनका नेताहरु छलफलमा

होमल्याण्ड खबर

२०७९ आश्विन ४ गते, मंगलवार ११:४७ मा प्रकाशित

सत्ता गठबन्धनका शीर्ष नेता सिट बाँडफाँट गर्न छलफल सुरु गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु छलफलमा जारी रहेको छ ।

उक्त छलफलमा कार्यदलका सहित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु छलफलमा सहभागी रहेको माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरणले जानकारी दिए ।

निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची सोमबार बुझाएसँगै गठबन्धनका दलहरु छलफलमा जुटेका हुन् ।