नागरिकता विधेयक प्रकरण : सिरहामा जनमत पार्टीकाे विराेध प्रदर्शन

होमल्याण्ड खबर

२०७९ आश्विन ५ गते, बुधबार ११:०० मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा सिराहामा जनमत पार्टीका कार्यकर्ताहरूले प्रदर्शन भएको छ ।

 

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा सिरहाको धनगढीमाइ नगरपालिका ८ स्थित कसहा चौकमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो ।  सयौंको संख्यामा रहेका प्रदर्शनकारीले सडकमा टायर बालेर करिब १ घन्टा सवारी आवागमनमा समेत अवरोध गरेका थिए