राष्ट्रपतिको कदमको उपराष्ट्रपतिद्वारा बिरोध

होमल्याण्ड खबर

२०७९ आश्विन ५ गते, बुधबार १६:२० मा प्रकाशित

उपराष्ट्रपति नन्दबहादुर पुनले प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनेर आवाज उठ्नु दुःखद भन्दै विज्ञप्ति प्रकाशन गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेको आवाज उठिरहेका बेला उपराष्ट्रपति पुनले विज्ञप्ति प्रकाशन गरेर आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

बुधबार दिउँसो प्रकाशित विज्ञप्तिमा उनले भनेका छन्, ‘प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’

उनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नरहेको उल्लेख गरेका छन् ।