९ मंसिर २०८१, आईतवार
सेयर बजारमा एक सातापछि आज (बुधबार) बढेकाे छ। नेप्से परिसूचक बढ्दा कारोबार रकम भने खस्किएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.२२ अंकले बढेर १८४८.८२ विन्दुमा पुगेको छ । नेप्से ०.६१ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि २.०१ अंकले बढेर ३६०.८८ विन्दुमा पुगेको छ ।
कूल २२६ वटा कम्पनीको २५ लाख ३१ हजार ३ सय ७० कित्ता सेयर खरिदबिक्री हुँदा ७२ करोड १२ लाख ५९ हजार ८ सय ८४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेको छ ।
बुधबार नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ३ करोड ३८ लाख १५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । आज सामलिङ्ग पावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ८२ रूपैयाँ ९० पैसा पुगेको छ ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । संस्थाको सेयरमूल्य ३।६३ प्रतिशतले घटेर ८ सय ८५ रूपैयाँमा झरेको छ ।