वीर अस्पतालका फार्मेसीमाथि चल्यो महानगरको डोजर

होमल्याण्ड खबर

२०७९ आश्विन ६ गते, बिहीबार १५:१६ मा प्रकाशित

 काठमाडौं महानगरपालिकाले बिहीबार वीर अस्पताल आसपासमा बनेका अवैध संरचना भत्काएको छ।

महानगरले आज दिउँसो १ बजे अस्पतालआसपासका फार्मेसी पसल भत्काएको हो। महानगरले केही समयअघिदेखि काठमाडौंका विभिन्न स्थानमा बनेका अवैध संरचनामाथि हस्तक्षेप गर्दै आएको छ।

अवैध टहरा र फार्मेसी भत्काउन बुधबार नै २४ घन्टे अल्टिमेटम दिएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।