दार्चुलामा जिप दुर्घटना: एकको मृत्यु, हामफालेर बचे ८ जना

होमल्याण्ड खबर

२०७९ आश्विन ७ गते, शुक्रबार १०:३१ मा प्रकाशित

दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार म १ ज २३३ नम्बरको जिप दुर्घटना भएको हो। मार्माबाट अपिहिमाल मकरीगाड जाँदै गरेको जिप सडकबाट तल खसेको थियो । तिम्ला भन्ने ठाउँमा जिप दुर्घटनामा परेर अपिहिमाल गाउँपालिका ६ का १८ वर्षीय दिनेशसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिपमा रहेका अरू ५ जना सामान्य घाइते छन्। जिपमा ९ जना थिए। ९ मध्ये ८ जना जिपबाट हामफालेर ज्यान जोगाएका छन्। घाइतेको लटिनाथ स्वास्थ्य चौकीमा उपचार गरिएको छ। जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। जिपका ९ मध्ये ८ जनाले हामफालेर ज्यान जोगाएको प्रत्यक्षदर्शीले बताए। जिपसँगै भिरमा खसेका धामीको भने मृत्यु भएको छ।