काठमाडौं महानगर अनामनगर क्षेत्रका अवैध संरचना हटाउँदै

होमल्याण्ड खबर

२०७९ आश्विन ७ गते, शुक्रबार १४:२४ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ ।

शुक्रबार महानगपालिकाको डोजर अनामनगर क्षेत्रका अवैध संरचना हटाउन पुगेको छ। नक्सा विपरीत बनेको पर्खालहरुमा महानगरपालिकाले डोजर चलाएको हो ।

अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ ।