३ चैत्र २०८२, मंगलवार
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भन्दा आफ्नो लागि संविधानको रक्षा , राजनीतिक स्थीरता, आर्थिक समृद्धि र विकास प्राथमिकतामा रहेको बताएका छन् ।
गृहजिल्ला चितवनमा रहेका प्रचण्डले प्रेस सेन्टर चितवनले वडा दशैं लगायतका चाडपर्वमा सोमबार भरतपुरमा आयोजना गरेको शुभकामना कार्यक्रममा प्रचण्डले अहिले पनि आफुलाई प्रधानमन्त्रीको अफर आईरहेको भन्दै आफुले कुर्सीमा भन्दा देशको विकास र अग्रगमनको पक्षमा कमिटमेन्ट गरेको बताएका हुन् ।


‘मैले चाहेको भए ०७४ को चुनावमा मलाई ५ वर्ष नै प्रधानमन्त्रीको अफर थियो, त्यसपछि पनि थियो, अहिले पनि त्यस्तो अफर छ, प्रचण्डले भने, तर मलाई मेरो लािग संविधानको रक्षा, लोकतन्त्रको रक्षा, राजनीतिक स्थीरता र आर्थिक समृद्धि र विकासको लागि समर्पित गर्ने मेरो कमिटमेन्ट हो । अव फैसलला तपाईहरुको हातमा छ । तपाईहरुले दिने फैसला मलाई मन्जुर छ,’ प्रचण्डले भने, – ‘चितवनका जनता सचेत छन् । उनीहरुको फैसला जहिले पनि अग्रगामी, लोकतन्त्र, अग्रगामनको पक्षमा हुँदैं आएको हुन्छ भन्ने मेरो विश्वास छ । अन्यथा जनताले फैसला दिन्छ भनेपनि शान्ति सम्झौतापछि गिरिजाप्रसाद कोइराला ले हस्ताक्षर गदैगर्दा जनताको कुनै पनि फैसला मान्य हुनेछ भनेर हामी संविधानसभामा सहभागी भएको हो ।’
प्रचण्डले केही वर्ष देखि नै आफु प्रधानमन्त्रीको रेसमा नरहेको पनि बताए ।
’म प्रधानमन्त्रीको रेसमा केही वर्ष देखि छैन, मेरो रेस संविधानको रक्षा, राष्टियताको रक्षा हो’ – प्रचण्डले भने । राजनीतिक स्थीरता, लोकतन्त्रको सुढृढीकरण र आर्थिक समृद्धिको लागि लाग्ने प्रचण्डले बताए । फैसल्ला गर्ने अधिकार जनताको हातमा रहेको र चितवनका जनताले जहिल्यै अग्रगमनको पक्षमा फैसला दिने प्रचण्डले बताए । जनताले दिने फैसला आफुलाई मान्य भएको पनि उनले बताए ।
मंसिर ४ को चुनावबाट फैसल्ला कसको पक्षमा दिने भन्ने दिन नजिक आईसकेको प्रचण्डको भनाई थियो ।
स्वतन्त्र, निश्पक्ष र धाँधलीरहित ढंगले मंसिर ४ को चुनावमा जनताले आफनो फैसल्ला गर्न पाउन् भन्नेमा आफुहरु रहेको प्रचण्डले बताए ।
संविधान नै धरापामा पर्ने हो की, लोकतनत्र नै दुर्घटनामा पर्ने हो की, समानुपातिक समावेशी मान्यता नै दुर्घटनामा पर्ने हो की भन्ने चिन्ता सर्वत्र उठेको बेला जनताले गम्भिरता र सक्रिय सहभागिताका साथ स्थानीय तहमा जनताले आफनो फैसल्ला दिएको स्मरण गदै प्रचण्डले त्यो लोकतनत्रको विजय भएको बताए । उनले मंसिर ४ को चुनावलाई पनि सफल बनाउन सवैले आ -आफनो ठाँउबाट योगदान गर्नुपर्ने बताए ।
अवको दशक आर्थिक समृद्धि र आर्थिक क्रान्तिको दशक भएको पनि प्रचण्डले बताए । नेपालको पत्रकारिता जगतको साथ जहिल्यै अग्रगमनको पक्षमा रहेको पनि प्रचण्डले बताए । जनयुद्धका क्रममा युद्धलाई शानितमा ल्याउन पनि पत्रकारले भूमिका खेलेको बताए । प्रत्येक ठूला क्रान्ति र परिवर्तन पछि त्यसलाई उल्टाउने षडायन्त्र पनि हुने भन्दै प्रचण्डले नेपालमा पनि त्यही खालको प्रवृत्ति देखा परेको बताए ।
अहिले पनि गणतन्त्रलाई कसरी कमजोर बनाउने, पार्टीहरुलाई कसरी बदनाम गर्ने भनेर एकथरी मान्छेहरु लागेको भन्दै प्रचण्डले अहिले सोसल मिडियाहरु लोकतन्त्र, गणतन्त्रका नेताहरुलाई बदनाम गर्न प्रयोग हुन सक्ने तर्फ सचेत हुनुपर्ने बताए ।