मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

होमल्याण्ड खबर

२०७९ आश्विन ११ गते, मंगलवार १७:०० मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक अहिले ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।

सम्भवतः आज राती १२ बजेबाट निर्वाचन आचारसंहिता लाग्ने भएकोले पनि केही महत्त्वपूर्ण निर्णय हुन सक्ने प्रशासन बालुवाटार स्रोतले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ ।

आजको बैठक सञ्चालन गर्ने सौभाग्य पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ सचिव दिनेश भट्टराईले नै पाउने भएका छन् । मुख्यसचिव शंकरदास वैरागी अस्वस्थ भई अस्पताल भर्ना भएसँगै निमित्त मुख्यसचिवका रूपमा भट्टराईले चलाउने भएका हुन् ।