३ चैत्र २०८२, मंगलवार
नेपालमा अमेरिकी उच्च अधिकारीहरुले भ्रमण गर्ने शिलशिला पछिल्लो समय बढेको छ । अमेरिकी कार्यबाहक सहायकमन्त्री एलिजावेथ केनेडी ट्रडो आज बुधबार नेपाल आउँदैछिन् । विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धीकी कार्यवाहक सहायकमन्त्री रहेकी छिन् । नेशनल पिपुल्स कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगत्तै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उनले गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका विषयमा आयोजित अन्तर्क्रियामा सहभागिता जनाउने छिन् । नेपालपछि उनी संयुक्त अरब इमिरेट्स जाने छिन् । त्यसपछि मध्य एसियाका उज्वेकिस्तान र किर्किस्तान जाने योजना छ ।