खाद्य संस्थानमा खसीबोका किनबेच सुरु

होमल्याण्ड खबर

२०७९ आश्विन १२ गते, बुधबार ११:५८ मा प्रकाशित

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्‍ग्रा बिक्री सुरु गरेको छ । आज बिहान १० बजेदेखि  कम्पनीको थापाथलीमा रहेको  प्रादेशिक  कार्यालयबाट बिक्री  सुरु गरिएको हो ।

दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट खसीबोका र दार्चुलाबाट च्याङ्‍ग्रा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा २ सय २७ वटा च्याङ्‍ग्रा काठमाडौं ल्याइएको छ । कम्पनीले हिजो खसीबोका प्रतिकेजी  ६ सय  ७०  रुपैयाँ र च्याङ्‍ग्रा प्रतिकेजी एक हजार दुई सय ५० रुपैयाँ मूल्य निर्धारण गरेको छ ।
कम्पनीले खसीबोका प्रतिकेजी ५ सय ७० देखि ६ सय रुपैयाँमा र  च्याङ्‍ग्रा  प्रतिकेजी  एक  हजार १ सय ५० रुपैयाँमा खरिद गरेको जनाएको छ ।