रवीन्द्र मिश्र राप्रपा गएपछि मिलन पाण्डे समूहसँग विवेकशीलको छलफल

होमल्याण्ड खबर

२०७९ आश्विन १३ गते, बिहीबार १५:०२ मा प्रकाशित

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा गएपछि विवेकशील साझा पार्टीले पूर्वसहकर्मीहरुसँग एकताका लागि छलफल थालेको छ ।

मिश्रले राजसंस्थाको वकालत गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह हुनुपर्ने मागसहितको ‘मार्ग परिवर्तन’ दस्तावेज ल्याएपछि चर्किएको संघर्षका बेला संयोजक मिलन पाण्डेको नेतृत्वमा एउटा समूह पार्टीबाट अलग भएको थियो ।