९ मंसिर २०८१, आईतवार
पोखरामा आगामी अक्टोबरबाट फरेस्ट डिलक्स रिसोर्ट सञ्चालनमा आउने भएको छ । जंगल रिसोर्टको मज्जा प्रदान गर्ने गरी पोखरा २३ दोविल्लास्थित रहिचौरमा माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पा निर्माण गरिएको छ । रिसोर्ट निर्माणको पहिलो चरणको प्रायः काम सम्पन्न भइसकेको छ । आगामी अक्टोबर १ बाट रिसोर्ट पूर्ण सञ्चालनमा आउने डाइरेक्टर ध्रुवबहादुर थापाले जानकारी दिए ।
७२ रोपनीमा रिसोर्ट निर्माण गरिएको छ । करिब २ बर्ष अगाडिबाट रिसोर्ट निर्माण सुरु गरिएको थियो । सो रिसोर्टमा ८ जनाको लगानी रहेको छ । पहिलो चरणमा रिसोर्टमा करिब एक अर्ब रुपैयाँ लगानी भएको लगानीकर्ता मध्यका एक ध्रुवबहादुर थापाले जानकारी दिए । थापाका अनुसार, पहिलो चरणमा ६४ वटा कोठाबाट रिसोर्टको सेवा शुभारम्भ हुनेछ ।
पर्यटकीय सिजनलाई लक्षित गरी रिसोर्ट सञ्चालन हुँदैछ । उनले भने, ‘पोखरामा पहिलो पटक अत्याधुनिक सुविधा सम्पन्न जंगलमा रिसोर्ट खोल्न सफल भएका छौँ ।’ रिसोर्टमा ६ वटा ब्लक र ६ वटा भिल्ला शैलीका रेसिडेन्सीय भवन रहनेछन् । एउटा प्र्र्र्रेसिडन्टल रुम र एउटा स्वीट रुम रहनेछ । अरु सबै सुपर डिलक्स रुम हुने थापाले जानकारी दिए । पर्याप्त पार्किङ तथा स्विमिङ पुल र बारको सुविधा रहने गरी रिसोर्टलाई आकर्षक डिजाइनबाट निर्माण गरिएको छ ।
जंगलको काखमा अवस्थित रिसोर्टबाट पोखरा तथा माछापुच्छ«े गणेश, धौलागिरी, अन्नपूर्ण लगायतका हिमाली श्रृङ्खलाको लामो रेन्जमा देख्न सकिन्छ । प्रत्येक रुम तथा बाथरुमबाट समेत हिमालयको दृश्यावलोकन गर्न सकिनेछ थापाले भने । सेती नदी र फुस्रे खोलाको संगम स्थल तथा वरपरका हरियाली जंगल तथा पहाडहरुको पनि रिसोर्टबाट दृश्यावलोकन गर्न सकिने छ । रिसोर्ट परिसरमा साइलक ट्रयाक र फुट ट्रयाक पनि निर्माण हुँदैछ । रिसोर्टमा साना ठुला गरी ४ वटा हलहरु हुने छन् । थापाको दावी छ यो होटल सेमिनार र प्रोग्रामका लागि उत्कृष्ट हुनेछ । डोमेष्टिक तथा अन्तराष्ट्रिय सबैका लागि सेवा प्रदान गर्ने पनि थापाले जानकारी दिए ।
यस्तै, शान्त, हरियाली तथा पारिवारिक वातावरणमा स्तरीय होटलमा बस्न चाहने पर्यटकलाई पनि उपयूक्त हुने सेल्स एण्ड अपरेसन डाइरेक्टर किरण तुलाधरले बताए । दोस्रो चरणमा एक सय वटा कोठावाट रिसोर्ट सञ्चालन हुनेछन् । प्रत्येक कोठाबाट हिमाल हेर्न सकिने तुलाधरले भने ।
७२ रोपनी क्षेत्रमा रिसोर्ट सञ्चालन गर्दै हुनुहुन्छ । यति ठूलो रिसोर्टका लागि पोखरा नै किन रोज्नु भयो ?
पोखरा पर्यटनका लागि हब नै मानिन्छ । भूगोल र प्रकृतिका दुष्टिले पनि उपयूक्त मानिन्छ । जंगल रिसोर्टको मज्जा प्रदान गर्ने गरी पोखरा २३ दोविल्लास्थित रहिचौरमा माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पा निर्माण गरिएको हो ।
पोखरामा पहिलो पटक जंगलमा अत्याधुनिक सुविधा सम्पन्न रिसोर्ट सुरु गर्न सफल भएका छौँ । पोखरामा केही नयाँ दिने देखाउने गरी रिसोर्टमा ६ वटा ब्लक र ६ वटा भिल्ला शैलीका रेसिडेन्सीय भवन बनाएका छौं । समयसँगै यसमा विस्तार गर्दै लगिनेछ । पहिलो चरणमा एउटा प्र्र्र्रेसिडन्टल रुम र एउटा स्वीट रुम रहनेछ । अरु सबै सुपर डिलक्स रुम हुने छन् । पर्याप्त पार्किङ तथा स्विमिङ पुल र बारको सुविधा रहने छ । रिसोर्टलाई आकर्षक डिजाइनबाट निर्माण गरिएको छ । वास्तुका हिसावमा पनि अनुपम रहनेछ । प्राकृतिको बीचमा हिमाल हेर्दै न्यानो स्वागत र सत्कार दिनेछौं ।
म त अनुपम छ भन्छु । जंगलको काखमा अवस्थित रिसोर्टबाट पोखरा तथा माछापुच्छ«े गणेश, धौलागिरी, अन्नपूर्ण लगायतका हिम श्रृङ्खलाको लामो रेन्जमा देख्न सकिन्छ । प्रत्येक रुम तथा बाथरुमबाट समेत हिमालयको दृश्यावलोकन गर्न सकिनेछ । सेती नदी र फुस्रे खोलाको संगम स्थल तथा वरपरका हरियाली जंगल तथा पहाडहरुको पनि रिसोर्टबाट दृश्यावलोकन गर्न सकिने छ । रिसोर्ट परिसरमा साइलक ट्रयाक र फुट ट्रयाक पनि निर्माण हुँदैछ । यसले पनि प्राकृतिपनकै महशुस गराउने छ । यस्तै, शान्त, हरियाली तथा पारिवारिक वातावरणमा स्तरीय होटलमा बस्न चाहने पर्यटकलाई पनि उपयूक्त हुने छ ।
रिसोर्ट निर्माणको पहिलो चरणको प्रायः काम सम्पन्न भइसकेको छ । ७२ रोपनीमा फैलिएको भए पनि केहीभागमा रिसोर्ट निर्माण गरिएको छ । २ बर्ष अगाडिबाट निर्माण सुरु गरिएको रिसोर्टमा ८ जनाको लगानी रहेको छ । पहिलो चरणमा रिसोर्टमा करिब एक अर्ब रुपैयाँ लगानी भएको छ । पहिलो चरणमा ६४ वटा कोठाबाट रिसोर्टको सेवा शुभारम्भ हुनेछ । पर्यटकीय सिजनलाई लक्षित गरी रिसोर्ट सञ्चालन हुँदैछ । आगामी अक्टोबर १ बाट रिसोर्ट पूर्ण सञ्चालन हुन्छ ।