अनुमति लिएर मात्रै अरुको निर्वाचन प्रचार गर्न आयोगको मन्त्रीलाई निर्देशन

होमल्याण्ड खबर

२०७९ कार्तिक २ गते, बुधबार १२:४१ मा प्रकाशित

निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दललाई आचार संहिता पालनामा सचेत गराउँदै ७ बुँदे निर्देशन जारी गरेको छ ।

बुधबार जारी निर्देशनमा संघ तथा प्रदेशका मन्त्रीले अरुको निर्वाचन प्रचार गर्नुपरे आयोगको अनुमति लिनुपर्ने उल्लेख छ । ‘मन्त्रीले आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रसम्म आचारसंहिताको प्रतिकूल नहुने गरी प्रचार प्रसार गर्ने, सरकारी साधन स्रोत तथा जनशक्तिको उपयोग नगर्ने, आफू उम्मेदवार नभएको क्षेत्रमा आयोगको अनुमति लिई मात्र प्रचार प्रसार गर्न जाने,’ आयोगको निर्देशनमा भनिएको छ ।

कात्तिक १७ अघि जुलुस, आमसभा, कोणसभा जस्ता कार्यक्रम तथा सञ्चारमाध्यमबाट कुनै प्रकारको प्रचार प्रसार सामग्री प्रकाशन वा प्रसारण नगर्न पनि आयोगले सुझाएको छ ।

यस्तै घरदैलो गर्दा २५ जना भन्दा बढीको जुलुस र बाजागाजा तथा झाँकीसहित नजान पनि आयोगको निर्देशन छ ।