९ मंसिर २०८१, आईतवार
आईसीसी टी–२० विश्व कप क्रिकेटमा आयरल्यान्डद्वारा स्कटल्यान्डलाई पराजित भएको छ । होबार्टमा भएको खेलमा आयरल्यान्डले स्कटल्यान्डलाई छ विकेटले पराजित गरेको हो।
स्कटल्यान्डको दिएको एक सय ७७ रनको लक्ष्य आयरल्यान्डले छ बल बाँकी छँदै भेटायो । उसका कर्टिस क्याम्फेरले ७२ र जर्ज डोक्रेलले ३९ रन बनाए । दुवै खेलाडी नटआउट रहे । बलिङतर्फ स्कटल्यान्डका मार्क वाट, ब्राड ह्वेल सफयान शरिफ र माइकेल लिस्कले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७६ रन बनाए । उसका माइकल जोनेसले ८६ रन बनाए । बलिङतर्फ आयरल्यान्डका कर्टिस क्याम्फेरले दुई विकेट लिए ।
यो जितसँगै आयरल्यान्डले सुपर–१२ को सम्भावना कायमै राखेको छ । तालिकामा जिम्बावे शीर्ष स्थानमा छ । स्कटल्यान्ड र आयरल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।