सिन्धुपाल्चोक र चीनको सीमा क्षेत्रमा ५.९ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि

होमल्याण्ड खबर

२०७९ कार्तिक २ गते, बुधबार १५:३८ मा प्रकाशित

नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो ५.९ म्याग्‍निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोक नजिकै पर्ने नेपाल चीन सीमा क्षेत्रमा ३ बजेर ७ मिनेटमा भूकम्प गएको जनाएको छ ।

भूकम्पको झड्का सिन्धुपाल्चोकसहित राजधानी र आसपासका जिल्लामा महसुश भएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन ।