९ मंसिर २०८१, आईतवार
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले स्वर्गीय खेलाडी निसिम थापाको परिवारलाई भेट गरी समवेदना दिएका छन्। नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने क्रममा दुर्घटना परी ज्यान गुमाएका थापाको परिवारलाई भेट्न मन्त्री अथक बिहीबार पोखरा महानगरपालिका १० माटेपानीस्थीत थापाको घरमा पुगेका थिए।
दुर्घटना लगत्तै दुःख व्यक्त गरेका मन्त्री अथकले बिहीबार बिहानै पोखरास्थित थापाको घरमा पुगेर थापाप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। खेलाडी निसिम थापाको निधनबाट राष्ट्रलाई ठूलो क्षति व्यहोरेको छ। शोकको यो घडीलाई शक्तिमा बदल्न म नेपाल सरकारको तर्फबाट अनुरोध गर्दछु, मन्त्री गहतराजले भने। सो क्रममा मन्त्री गहतराजले सम्मान स्वरुप स्वर्गीय थापालाई चेकसहित मरनोपरान्त स्वर्ण पदक प्रदान गरेका थिए।
पोखरा रंगशाला परिसरमा थापाको अर्धकदको शालिक स्थापना गरिने प्रतिवद्धता जनउँदै मन्त्री अथकले सरकार र खेलकुद मन्त्रालयले स्वर्गीय खेलाडी थापाको विषयमा आवश्यक निर्णय गर्ने बताए।
राष्ट्रिय खेलकुद परिषदले नवौं खेलकुद प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीको बिमा गरेकाले थियो। जसअन्तर्गत थापाको परिवारलाई बिमा कम्पनीबाट रकम उपलब्ध गराउनका लागि खेलकुद परिषदले पहल गर्ने राखेपका सदस्य दीपेन्द्र बिस्टले जानकारी दिए।
प्रतियोगिताअन्तरगत आइतबार बिहान पोखराको सराङकोटमा क्रस कन्ट्री’ खेलमा दुर्घटना हुँदा थापाको निधन भएको थियो्। बिभागिय टोली त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी थापा करिव एक सय मिटर उचाईबाट खसेका थिए।