३१ श्रावण २०८३, आईतवार
क्रिकेटर सन्दीप लामिछानेलाई सोमबार अदालतमा उपस्थित गराइँदै छ। आज उनीविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गर्ने तयारी रहेको छ। सन्दीपलाई १७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो।
काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए।

