२८ बैशाख २०८३, सोमबार
दुईपाङग्रे सवारी साधनमा साना बाल–बालिकालाई असुरक्षीत तवरले नचढाउन सम्बन्धीत चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ । तीव्र गतिमा गुडेका दुईपाङग्रे सवारी साधन अनियन्त्रीत भई दुर्घटना हुने गरेको र त्यसमा सवार बालबालिकाहरु उल्लेखित रुपमा दुर्घटनाको शिकार हुने क्रम बढ्दो रुपमा रहेकाले दुर्घटना न्युनिकरणका लागि अनुरोध गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता अवदेश बिष्ट क्षेत्रिले बताउनु भएको छ ।
सुरक्षित तवरले सवारी साधन संचालन गर्दै दुर्घटना कम गर्ने अभियानमा सबैबाट सहयोगको अपेक्षा ट्राफिक प्रहरीको रहेको छ ।

