१० मंसिर २०८१, सोमबार
नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले नयाँ लाइसेन्सकाे सबै प्रकृया राेकेकाे छ । बोर्डले ब्रोकर लाईसेन्स, कमोडिटी एक्सचेञ्जकाे लाईसेन्स र नयाँ स्टक एक्सचेन्जको लाईसेन्स सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार बोर्डले सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्ने निर्णय गरेको हो ।
अब सर्वोच्चबाट अर्को आदेश नआएसम्म स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्सको लागि कुनै पनि आवेदन नलिने बोर्डले जनाएकाे छ । कार्तिक ४ गते शुक्रबार सर्वोच्चका न्यायधिश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन आदेश दिएको थियो।
सेबाेनकाे सूचना हेर्नुहाेस् :