भैरहवाबाट हिमालय एयरलाइन्सले थाल्यो दैनिक मलेसिया उडान

होमल्याण्ड खबर

२०७९ कार्तिक १७ गते, बिहीबार १६:४६ मा प्रकाशित

हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान थालेको छ । हिमालय जजिरा एयरवेजपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने दोस्रो कम्पनी बनेको छ ।

बिहीबार मलेसियाको क्वालालम्पुर विमानस्थलबाट भैरहवा अवतरण गरेको हिमालय एयरलाइन्सको पी-३२०जहाज बिहीवार क्वालालम्पुरका लागि उडेको हो ।

हिमालयले मलेसिया पठाउने अधिकांश यात्रुलाई काठमाडौंबाट भैरहवा ल्याएको थियो । १३५ यात्रुलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर पठाइएको हो ।