मोरङ ६ मा बहुजन शक्ति पार्टीका उम्मेदवारको समर्थन शेखरलाई

होमल्याण्ड खबर

२०७९ कार्तिक १८ गते, शुक्रबार १२:५५ मा प्रकाशित

मोरङ क्षेत्र नम्बर ६ मा बहुजन शक्ति पार्टीका उम्मेदवार नारायण पासवानले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै नेपाली कांग्रेसका उम्मेदवार डा। शेखर कोइरालालाई समर्थन गरेका छन्।

शुक्रबार एक विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय पारेको जानकारी दिँदै पासवानले आफ्नो समर्थन कांग्रेसका कोइरालालाई रहेको प्रस्ट पारेका छन्।

‘नेपाल बहुजन शक्ति पार्टीका हामी सबै प्रतिनिधिहरू आजैबाट डा। शेखर कोइरालाको चुनावी अभियानमा जुटेर उहाँलाई अत्यधिक मतबाट विजयी गराउन सक्रिय भएर लाग्न आह्वान गर्दछु,’ जारी विज्ञप्तिमा भनिएको छ।