तोसिमा कार्कीको उम्मेदवारी कायमविरुद्ध सर्वोच्चमा भ्याकेट

होमल्याण्ड खबर

२०७९ कार्तिक १८ गते, शुक्रबार १६:३८ मा प्रकाशित

ललितपुर-३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा काकीको उम्मेदवारी कायमविरुद्ध निर्वाचन आयोग सर्वोच्च अदालत जाने भएको । सर्वोच्चले डा.कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश दिएपछि आयोग आदेश खारेज गर्न माग गर्दै भ्याकेट सर्वोच्च जाने भएको हो ।

गत मंगलबार न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलवार अन्तरिम आदेश जारी गरेको थियो । उक्द आदेश आदेश खारेजीको विरुद्ध निर्वाचन आयोग शुक्रबार अदालत जान लागेको आयोग स्रोतले जनाएको छ ।

लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा। कार्काीको उम्मेदवारी खारेज गरिदिएको थियो । उनले मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा नदिएको भन्दै आयोगले अयोग्य भएको ठहर गरेको थियो ।

निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको छ ।

नियमित तलब नपाइने भएपनि बैठकमा समयमा भत्ता पाइने भएकाले त्यसलाई निर्वाचन आयोगले लाभको पद भन्दै उनकोे उम्मेदवारी खारेज गरिदिएको थियो ।

तर, मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको भन्दै आयोगको निर्णयविरुद्ध कार्की सर्वोच्च पुगेका थिए ।