विप्लव नेतृत्वको नेकपाका ७५ नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश

होमल्याण्ड खबर

२०७९ कार्तिक २४ गते, बिहीबार ११:२९ मा प्रकाशित

 नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ७५ जना नेता कार्यकर्ताहरू नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालले टीका र खादा लगाएर स्वागत गरे ।

कार्यक्रममा नेपालले पार्टीमा समाहित भएका नेता कार्यकर्ताहरुलाई उचित भूमिका दिइने भन्दै आसन्न निर्वाचनलक्षित कार्यक्रममा लाग्न र पार्टीका प्रत्यक्ष तथा समानुपातिकसहित वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई जिताउन लाग्न निर्देशन दिए ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य डिकेश लामा, हरी खड्कासहित ७५ नेता तथा कार्यकर्तालाई नेपालले स्वागत गरेका हुन् । कार्यक्रममा लामाले कम्युनिष्ट पार्टीको रक्षा पुनर्एकीकरण एकीकृत समाजवादीबाट मात्र सम्भव भएको निष्कर्षसहित आफूहरू समाहित भएको बताए ।