४ चैत्र २०८२, बुधबार
निर्वाचनले देश र नागरिकको भविष्य बनाउँछ अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश र नागरिकको भविष्य बनाउने भएकाले मङ्सिर ४ गतेको चुनावलाई गम्भीररूपमा लिन आग्रह गरेका छन् ।


आउँदो मङ्सिर ४ गतेको चुनावलाई केही राजनीतिक दलको नियन्त्रणबाट देशलाई मुक्त गराउने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो । सिन्धुपाल्चोकको मेलम्चीमा आज बिहीवार आयोजित राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तन र विकासका लागि आउँदो चुनावमा राप्रपालाई मत दिन आग्रह गरे।
त्यही चुनावी सभालाई सम्बोधन गर्दै राप्रपाका पूर्वअध्यक्ष पशुपति शमशेर राणाले समग्रमा देश विकासको कामलाई राप्रपाले नेतृत्व दिने र त्यसका लागि आउँदो चुनावमा मत दिन आग्रह गरे । उनले संसदमा पुगेर सुनौलो देश निर्माणका लागि खबरदारी गर्ने बताए।