डा.तोसिमा कार्कीको उम्मेदवारी अझै अन्योलमा

होमल्याण्ड खबर

२०७९ कार्तिक २५ गते, शुक्रबार १३:०६ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा डा। तोसिमा कार्की उम्मेदवार बनेकी छन् । ललितपुरकै नख्खुमा हुर्के–बढेकी उनी किष्ट मेडिकल कलेजको एमबीबीएस र काठमाडौं विश्वविद्यालयको एमएस ९शल्य–चिकित्सामा स्नातकोत्तर हुन् । उनीसँग नेपाल मेडिकल काउन्सिलमा कार्यकारी सदस्यको अनुभव पनि छ ।

सार्वजनिक जीवनमा उनी सत्याग्रही डा। गोविन्द केसीको प्रतिबद्ध समर्थक र सहयोगी पनि हुन् । केसीको चिकित्सा शिक्षा सुधार अभियानमा डा। कार्की सुरुबाटै सक्रिय थिइन् ।

डा.कार्कीले उम्मेदवारी दिएको ललितपुर–३ मा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेता–कार्यकर्ताले उनलाई ‘भोट काट्न आएको’ भनेर टिप्पणी गरिरहेका छन् । त्यसक्रममा उनले कानुनी लडाईं समेत गरिन् । उनकै अगुवाइमा दायर मुद्दामा सर्वोच्च अदालतले चिकित्सा शिक्षा सुधारका विषयमा केही निर्देशनात्मक आदेश पनि दियो ।

डा। कार्कीविरुद्ध निवेदन परेपछि निर्वाचन आयोगले निवेदकको मागबमोजिम उनको उम्मेदवारी खारेज गरिदिएको थियो । मेडिकल काउन्सिलको कार्यकारी सदस्यबाट राजिनामा नगरी निर्वाचनमा उम्मेदवारी दिएको आरोप उनलाई लगाइएको थियो ।

तर, मेडिकल काउन्सिलको कार्यकारी सदस्य लाभको पद नभएको, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको लाभको पदबाट राजिनामा गरिसकेको उनको भनाइ छ । काउन्सिलको सदस्य पद लाभको हो, होइन भनेर आफूले पहिल्यै निर्वाचन आयोगलाई सोधेको तर, जवाफ नपाएपछि उम्मेदवार बनेको डा.कार्कीको भनाइ छ ।अहिलेलाई भने डा। तोसिमा कार्कीको उपस्थितिले ललितपुर–३ को चुनावी माहोलमा सरगर्मी बढाएको छ ।

त्यसविरुद्ध सर्वोच्च अदालत गएर उनले आयोगको उक्त निर्णय कार्यान्वयनमा रोक लगाउने आदेश त गराएकी छन् तर निर्वाचन आयोग त्यो आदेश विरुद्ध फेरि सर्वोच्च गएको छ । चुनाव प्रसारप्रसारमा जुटे पनि अदालतले अब दिने आदेशबाट उनको उम्मेदवारी कायम हुने वा नहुने निक्र्योल हुनेछ ।