४ चैत्र २०८२, बुधबार
निर्वाचन आयोगले मंसिर ४ को चुनावमा खटिएका मतदान अधिकृतहरूलाई तटस्थ भएर काम गर्न निर्देशन दिएको छ। निवाचन निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतको भूमिका महत्वपूर्ण हुने आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताए।
उनले कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि प्राप्त जिम्मेवारीलाई तटस्थ, इमानदार र निष्पक्ष भएर गहनरूपमा महसुस गरेर काम गर्न निर्देशन दिएका हुन्।
मतदाताको सार्वभौम मतको उपयोगलाई सहजरूपमा गर्न दिने र गलत व्यक्तिले मतदान गर्ने अवस्था आउन नदिने तथा मतदान केन्द्रलाई समावेशी, लैंगिक तथा अपांगमैत्री बनाउन मंसिर १ गतेसम्म सम्बन्धित केन्द्रमा पुगेर खट्न उनले आग्रह गरेका थिए।

