तोसिमा कार्कीको उम्मेदवारीलाई निरन्तरता दिन सर्वाेच्चकाे आदेश

होमल्याण्ड खबर

२०७९ कार्तिक २८ गते, सोमबार १५:११ मा प्रकाशित

ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ ।

तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।