चुनावका लागि ३ दिन स्कूल विदा गर्न सिफारिस

होमल्याण्ड खबर

२०७९ कार्तिक २८ गते, सोमबार १६:५१ मा प्रकाशित

आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा चुनावको बेला ३ दिन विद्यालयमा विदा दिन निर्वाचन आयोगले सिफारिस गरेको छ ।

निर्वाचन केन्द्र रहेका विद्यालय मतदान स्थलकोरूपमा प्रयोग गर्नुपर्ने भएकाले मंसिर २ देखि ४ गतेसम्म देशभरका सबै विद्यालयमा विदा दिनुपर्ने आयोगको सिफारिसमा उल्लेख छ ।

आयोगले विदाको निर्णय गर्न मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, निर्वाचनको दिन मंसिर ४ मा देशभर सार्वजनिक विदा दिन पनि आयोगले सिफारिस गरेको छ । मन्त्रिपरिषदको निर्णय गरेपछि मात्रै विदाको निर्णय कार्यान्वयन हुन्छ ।