४ चैत्र २०८२, बुधबार
आज नागरिक समाज र स्वतन्त्र अगुवाले पैदल यात्रा कार्यक्रम गरेका छन् । नागरिक समाज र स्वतन्त्र अगुवाहरूले आयोजना गरेको पैदल यात्रा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।
चुनावी प्रचारप्रसारकै निरन्तरताका रूपमा ओलीले कोटेश्वर क्षेत्रमा पैदल यात्रा गरेका हुन् । उनीहरूले ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूको सहभागितामा पैदल यात्रा गरेका हुन् ।


पैदल यात्राका क्रममा अध्यक्ष ओली र उनकी धर्मपत्नी शाक्यसहित दलका प्रदेशसभा सदस्यका उम्मेदवारहरूलाई नागरिकले फूल मालाले स्वागत गरेका थिए ।
यतिबेला राजनीतिक दल र उम्मेदवारहरू चुनावी घरदैलोमा व्यस्त छन् । निर्वाचनको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरूले आफ्ने चुनावी प्रचारप्रसार तीव्र पारेका छन् ।