४ चैत्र २०८२, बुधबार
संविधानको रक्षा, राजनीतिक स्थिरता र विकासका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूले जित्नै पर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । मंगलबार पश्चिम नवलपरासीको बर्दघाट चौपत्तामा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा सुशासन र विकासमार्फत राजनीतिक परिवर्तनलाई संस्थागत गर्न जरुरी रहेको बताए ।
उनले प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विनोद चौधरीको नवलपरासी आगमले स्थानीय किसानका समस्या, युवा बेरोजगारीको समस्या समाधान हुने र विकासका लागि चौधरी बरदान साबित हुने विश्वास व्यक्त गरे ।


‘लोकतन्त्रको रक्षा गर्न र शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन यो गठबन्धनबाहेक अरू कुनै विकल्प छैन, त्यसैले पनि गठबन्धनका उम्मेदवारहरू विजयी हुन जरुरी छ’, प्रचण्डको भनाइ छ । उनले मलखादको समस्या समाधान गर्न मलखाद कारखाना खोल्न सरकार गम्भीर भएर लाग्ने पनि बताए ।