विकास र समृद्धिको लहर चलाउन गठबन्धनले जित्नुपर्छ : देउवा

होमल्याण्ड खबर

२०७९ कार्तिक २९ गते, मंगलवार १६:४४ मा प्रकाशित

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई जिताउन आहान गरेका छन् ।

मंगलबार पश्चिम नवलपरासीको बर्दघाट चौपत्तामा चुनावी सभालाई सम्बोधन गर्दै देउवाले लोकतन्त्र र समावेशी संविधानको रक्षाका लागि आगामी दिनमा पनि गठबन्धन टिकाउन जरुरी रहेको बताए ।

‘यो लोकतान्त्रिक बाम गठबन्धनले चुनाव जितेपछि बन्ने सरकारले कुनैपनि हालतमा संसद् भङ्ग गर्दैन र पूर्णकालीन संसद् चलाउँछ’, देउवाले भने, ‘देशमा देखिएको कृषि क्षेत्रका समस्या, बेरोजगारी, नागरिकता, डुबान लगायतका समस्याहरू समाधान गर्न र देश विकासका साथै समृद्धिको लहर चलाउन यो गठबन्धनले चुनाव जित्नु पर्छ’, प्रधानमन्त्री देउवाको भनाइ छ ।