४ चैत्र २०८२, बुधबार
कास्की निर्वाचन क्षेत्र नम्बर ३ का सत्तारुढ गठबन्धन उम्मेदवार रामजी बराल विरुद्ध उजुरी परेको छ ।
उनको नाम सरकारी कालो सूचीमा रहेको र त्यस्ता व्यक्ति चुनाव लड्न अयोग्य हुने भन्दै उजुरी परेको हो । उनी विरुद्धको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको छ । पोखरा २४ काबोधराज सुवेदीले उनी विरुद्ध उजुरी दिएका हुन् । बरालले सरकारी संयन्त्रबाट लिएको कर्जा नतिरेका कारण कालोसूचीमा परेका थिए ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले २०७६ साल माघमा कालोसूचीमा राखेर सूचना निकालेको देखिन्छ । बराल संलग्न पोखरा नयाँबजारस्थित गण्डकी माछापुच्छ्रे सहकारी संस्थालाई कोषले ५० लाख रुपैयाँ कर्जा दिएको थियो । त्यसको साँवा, ब्याज २०७३ साल असार मसान्तसम्म बुझाउनुपर्नेमा नबुझाएपछि कालोसूचीमा निकालिएको हो । उनी सहित १५ जनाको नाम कालोसूचीमा छ ।

