४ चैत्र २०८२, बुधबार
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले बुधबार सुनसरीको प्रदेशसभा सदस्य निर्वाचन-४ (ख) मा लोसपका उम्मेदवार मेहताको उम्मेदवारी खारेज गरेको हो ।
आयोगले प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा सजाय पाएको जनाएको छ । त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले उनको उम्मेदवारी अयोग्य ठहर भएर खारेज गरिएको आयोगले जनाएको छ ।

